पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-२० ०४:५२ मा प्रकाशित
Total Shares: 344
काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको छ ।
तीनजना महिलासहित ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिवार नियमित प्रेस व्रिफिङमा जानकारी दिए ।
उनका अनुसार मोरङकी ४३ वर्षकी महिला, नवलपरासीकी ३७ वर्षीया महिला र ५२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो ।
पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षका गरि तीनजना तथा रुपन्देहीका ४० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस