स्वीडेनलाई हराउँदै क्यानडालाई स्वर्ण
काठमाडौं - टोकियो ओलम्पिक २०२० अन्तरगत महिला फुटबलतर्फको उपाधि क्यानडाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै क्यानडा च्याम्पियन बनेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । खेलको ३४औं मिनेटमा स्टिना ब्लाक्सटेनिउसले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी थिइन् । ६७औं मिनेटमा क्यानडाकी जेसी फ्लेमिङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन् । त्यसपछि गोल हुन नसक्दा खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा लम्बिएको हो ।
पेनाल्टीमा क्यानडाकी जेस्सी फ्लिमीङ, रोस डेनी र जुलिया ग्रोस्सोले गोल गरिन् भने स्विडेनकी नाथलिया र ओलिभियाले मात्र गोल गर्न सफल भइन् । योसँगै क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण पदक जितेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस