काठमाडौं-  नेपाली  बजारमा सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी ९५ रुपैयाँले बढेको हो। 

महासंघका अनुसार मूल्य वृद्धि भएसँगै प्रतितोला सुनको भाउ २ लाख ८८ हजार  कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० पुगेको थियो।

यसैगरी प्रतितोला चाँदीको मूल्य ४ हजार ४७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३८० मा कारोबार भएको थियो ।