काठमाडौं - पर्सामा नेपाली सेना, नेपाल प्रहरी, पत्रकारसहित ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल स्रोतले बताएको छ । संक्रमित १० वर्षदेखि ६७ वर्ष उमेर समूहका रहेका छन् ।

संक्रमित हुनेमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक रहेका छन् ।

साथै, ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा २५ जनामा संक्रमण देखिएको अस्पताले स्रोतले बताएको छ । योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ८० जना पुगेको छ ।