काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा वैठकमा केही सांसदहरुको प्रश्नको जवाफ दिएलगत्तै बाहिरिएका छन् । उनले प्रत्येक दलका एकजना सांसदको जिज्ञासा समाधान गरेका थिए ।

प्रधानमन्त्री बाहिरिएपछि बैठकमा फेरि वादविवाद भएको छ । एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर बोल्न समय मागेपछि सभामुख झोक्किएका छन् ।

उनले एमालेका ऐन महर र श्रम संस्कृतिका ध्रुव राईले संसदीय मर्यादा विपरितको क्रियाकलाप गरेको आरोप लगाए ।

उनले श्रम संस्कृतिका सांसद आरेन राईलाई भाषा सुधार्न र मर्यादित बनाउन ध्यानकर्षण गराए ।