मोनाकोलाई हराउँदै पीएसजी फ्रेन्च कप च्याम्पियन
खबर एक्सप्रेस
२०७८-०२-०६ १०:१५ मा प्रकाशित
Total Shares: 257
काठमाडौं,एजेैन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको च्याम्पियन भएको छ । गएराति भएको खेलमा मोनाकोलाई २–० ले पराजित गर्दै पीएसजीले उपाधि रक्षा गरेको हो ।
खेलको १९औं मिनेटमा मोउरो इकार्डीको गोलबाट पीएसजीको अग्रता लिएको थियो । त्यसपछि ८१औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई लगातार दोस्रो सिजन फ्रेन्च कपको उपाधि जित्न सफल भए ।
योसँगै फ्रेन्च कपको सर्वाधिक सफल पीएसजीले १४औं पटक उपाधि जित्न सफल भएको छ । मोनाको भने पाँचौपटक फाइनलमा पुगेपनि पाँचौ पटक नै निराश बन्न पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस