सिन्धुपाल्चोक पहिरो: दुई महिलाको शव भेटियो, २२ जना बेपत्ता
चौतारा - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा आइतबार बिहान गएको पहिरोमा परि बेपत्ता भएका २ जनाको शव भेटिएको छ । अझै २२ जना बेपत्ता रहेका छन् ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को नाकुचेमा गएको पहिरोमा स्थानीय अन्दाजी ६२ वर्षीया भक्तिमाया श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । त्यहाँ ७ घर पहिरोले बगाउँदा अझै १६ जना बेपत्ता रहेका छन् ।
यस्तै, भीरखर्कस्थित विक टोलमा गएको पहिरोमा बेपत्ता एक जनाको शव फेला परेको छ । पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
सो ठाउँमा अन्य ६ जना हराइरहेका छन्। त्यहाँ २ घरमा पहिरोले क्षति पुर्याएको हो।
यस्तै, सोही वडाको केम्बे भन्ने स्थानमा पनि पहिरोमा परी ३ जना घाइते भएका छन्। उपचारका लागि उनीहरूलाई अपस्तालतर्फ लगिँदै गरेको उनले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस