काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार २४, ६० र ७२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४५ पुगेको छ । जसमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी मुलुकका विभिन्न अस्पतालमा उपचाररत छन् । 

मन्त्रालयका अनुसार बुधबार मात्रै टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएका छन् ।