गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२२८ पुग्यो
खबर एक्सप्रेस
२०७७-०३-३१ १२:३१ मा प्रकाशित
Total Shares: 340
पोखरा - गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा पाँच जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये म्याग्दीका ९, तनहुँका ३, नवलपरासी पुर्वका ११, गोरखाका १ र कास्कीका १ जना रहेका छन् ।
सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ भने ९ सय २५ जना निको भएका छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस