काठमाडौं - नेपालमा हालसम्म ३७ हजार ५ सय २४ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ७०.६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ८ सय ५२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३७ हजार नाघेको हो ।
शुक्रबार कोरोनाबाट मुलुकभर ९ सय ७२ जना निको भएका थिए ।
मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

.gif)


