काठमाडाैं - सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ ।

बिहीबारबाट सुरु भएकाे बैठकमा स्थानीय तहकाे निर्वाचन, एमसिसी र भ्रातृ संस्थाकाे अधिवेशनमाथि छलफल भइरहेकाे छ । 

बैठक दिउँसाे २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।