माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं - पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
बुधबार विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।
धरौटी बुझाउन नसके उनी जेल चलान हुनेछन् । बैंक ग्यारेन्टी बुझाएर उनी रिहा हुने तयारीमा छन् ।
काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
अदालतले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान आफैँ उपस्थित भएका थिए।
फेसबुक पेज Like गर्नुहोस