अन्तिम केन्द्रीय समिति बैठकलाई रामचन्द्र पौडलले गरे बहिस्कार
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकाे अन्तिम केन्द्रीय समिति बैठकलाई बहिस्कार गरेका छन् ।
शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । त्यसकाे तयारीस्वरुप बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक डाकिएको छ ।
बिहान साढे ११ बजे बोलाइएको बैठक अझै सुरु भइसकेको छैन । नेताहरु बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ ।
तर, वरिष्ठ नेता पौडेलले सो बैठकमा आफू सहभागी नहुने सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् । पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका हुन् ।
सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएकाे भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।
फेसबुक पेज Like गर्नुहोस