प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०७९-११-१० ०९:५९ मा प्रकाशित
Total Shares: 149
काठमाडौं-संघिय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने कार्यसुची रहेको छ ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस