एजेन्सी - बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रणवत । प्राय जसो फिल्मका कारणभन्दा पनि बयान र टिप्पणीका कारण चर्चामा आउने अभिनेत्री हुन् कंगना ।

कहिले ऋतिक रोशनसँगको सम्बन्धका कारण चर्चामा रहिन् भने कहिले करण आदित्य पञ्चोलीले गरेको यौन शोषणको विरुद्धमा आवाज उठाएर होस् । प्राय उनी विवादमा नै रहन्छिन् ।

सुशान्तको केशमा लगातार बोल्दै आइरहेकी उनको सामना यतिबेला शिवसेनासँग भएको छ । सुशान्त केशमा मुम्बई प्रहरीलाई चुनौती दिएकी उनले यतिबेला महाराष्ट्र सरकारको व्यापक कटाक्ष गरेकी छन् ।

उनले सिधा रुपमा नै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई चुनौती दिएकी छन् ।

सोमनाथ मन्दिरमा पुजा गरेको फोटो सेयर गर्दै उनले भनेकी छन्, सोमनाथलाई कतिपटक कैयौँले उजाडे, तर, इतिहास साँच्ची छ अन्याय जति नै शक्तिशाली भए पनि अन्त्यमा भक्तिको जित नै हुन्छ । हर हर महादेव ।