कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-१४ ०४:४० मा प्रकाशित
Total Shares: 300
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो १४ घण्टामा थप १४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्युपुष्टि हुनेमा ४ जना महिला र १० पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ। २६७ जना संक्रमण मुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस