सरकारले दियाे विद्युत् व्यापार कम्पनीलाई लाइसेन्स
काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई बिजुली व्यापारको लागि अनुमति दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले ‘नेपाल पावर ट्रेडिङ कम्पनी’ (एनपीटीसी) लाई विद्युत व्यापारको अनुमति दिएको जानकारी दिएकी हुन् । निजी क्षेत्रलाई समेत अन्तरदेशीय विद्युत व्यापारको अनुमति दिने तयारी गरेको उनको भनाइ छ ।
उक्त कम्पनीमा विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को समान १७ प्रतिशत तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएलको) १५ प्रतिशत रहने छ ।
मन्त्री भुसालले आफूले मन्त्रालय सम्हालेको पाँच महिना पूरा भएको र यस अवधिमा सर्वसाधारण जनतालाई राहत पुग्नेगरी केही महत्वपूर्ण निर्णय भएको दाबीसमेत गरेकी छन् । 'विद्युतको अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण शुरुआत भएको छ । कृषिको आधार मानिएको सिँचाइ क्षेत्रमा पनि महत्वपूर्ण निर्णय भएका छन् । मेरो देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु । यस अवधिमा गरिएका निर्णयले आत्मनिर्भर अर्थतन्त्र जलविद्युत क्षेत्रले सहयोग गर्नेछ ।' उनले भनिन् ।
विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सहकार्य गरी आगामी दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्न कार्ययोजना बनाएर काम अगाडि बढाएको पनि उनकाे भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस