सुनको मूल्यमा नयाँ रेकर्ड, कति छ आजकाे बजार भाउ ?
खबर एक्सप्रेस
२०७७-०४-२२ ११:११ मा प्रकाशित
Total Shares: 335
काठमाडौं - नेपाली बजारमा बिहिबार फेरी सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलामा ९ रुपैयाँले बढेर एक लाख २ हजार ५ सय रुपैयाँ पुग्दै रेकर्ड कायम गरेको हो । यसअघि सबैभन्दा धेरै बुधबार एक लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ५० रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस