संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको निर्णायक बैठक सिंहदरबारमा
खबर एक्सप्रेस
२०८१-०४-१४ १०:१२ मा प्रकाशित
Total Shares: 83
काठमाडौं- संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ ।
गृहमन्त्री रमेश लेखकको कार्यकक्ष सिंहदरबारमा आज बिहानै कार्यदलको निर्णायक बैठक बसेको हो ।यसअघि गत शुक्रबार बसेको कार्यदलको बैठकले टुंगो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो । परामर्शपछि आज बैठक बसेको हो ।टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको शुक्रबारको बैठक सहमतिनजिक पुगेको नेताहरूले दाबी गरेका थिए ।बैठकमा गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका नेता जनार्दन शर्मा लगायतको सहभागिता छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस