काठमाडौं,एजेन्सी - प्रिमियर लिगमा आज विशेष पाँच खेलहरु हुँदैछन् । वेस्टहम युनाइटेडले चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोली उच्च फर्ममा रहेका छन् । लिग लिडर चेल्सीलाई वेस्टहमले कडा चुनौती दिने अनुमान गरिएको छ ।

त्यस्तै न्युक्यासल युनाइटेडले बन्र्लीसँग प्रतिस्पर्धा गर्दैछ । न्युक्यासल पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै साउथह्याम्टनले ब्राइटनसँग आमने सामने गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले उल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै म्यानचेस्टर सिटीले वाटफोर्डसँग खेल्दैछ ।