काठमाडौं,एजेन्सी - कोरोनाभाइरसविरुद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पुणेस्थित सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।

अहिले आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्।

सेरमले भारतमा अक्सफोर्ड-अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ।

केहिदिन अघिमात्र नेपाल सरकारले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरिरहेकाे ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । भने बिहिबार मात्र भारत सरकारले दिएको १० लाख डोज भ्याक्सिन पनि सेरमले नै बनाएको हो।