काठमाडौं - काठमाडौं उपत्यकामा आज थप ५४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका २४ जना र ललितपुरका २० जना, भक्तपुरका १०जना गरी ५४ जनामा संक्रमण देखिएको हो । आइतबार मात्र पनि उपत्यकामा ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।