कोरोना भाइरसको औषधि बन्ने सम्भावना छैन्ः डब्ल्युुएचओ
काठमाडौं - विश्व स्वास्थ्य संगठन डव्लुएचओले कोरोना भाइरसको अचुक औषधी मिल्न सक्ने सम्भावना न्युन रहेको जनाएको छ ।
डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एडोनोम गेब्रिएसले कोरोना भाइरसको भ्याक्सिन बन्ने सम्भावना भएपनि औषधी बन्ने सम्भावना भने नरहेको बताएका छन्।
यसअघि पनि उनले कोरोना भाइरस कहिलेपनि समाप्त नहुने भन्दै यसविरुद्ध लड्नुको विकल्प नभएको प्रतिक्रिया दिएका थिए ।
मौसम परिवर्तन संगै कोरोना भाइरस परिवर्तन नहुने भन्दै उनले विश्वका जनताले कोरोनासंग जुध्ने बाहेक कुनै उपाय नभएको बताएका हुन् ।
कोरोना भाइसर विरुद्धको भ्याक्सिन निर्माणको क्रम भने तेश्रो चरणमा पुगेको भन्दै भ्याक्सिन प्रभावकारी सावित हुने दावी गरे ।
कोरानाबाट बच्न सामाजिक दुरी, पटक पटक साबुन पानीले हात धुने र मास्क लगाउनाले कोरोनाको संक्रमणबाट टाढै रहने निश्चित भएकोले सबैलाई सावधानी अपनाउन डा.टेड्रोसले विश्वभरका जनतालाई अपील गरेका छन् ।
विश्वभर हाल कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ४३ हजार नाघिसकेको छ भने मृतकको संख्या ६ लाख ९७ हजार बढी रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस