आप्रवासी रोक्ने ट्रम्पको घोषणा
खबर एक्सप्रेस
२०७७-०१-०९ १०:२० मा प्रकाशित
Total Shares: 543
न्यूयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी रोक्ने घोषणा गरेका छन् ।
कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला आफ्ना नागरिकको रोजगारी गुमेको भन्दै देशको स्वास्थ्य तथा अर्थ यथास्थितीमा ल्याउन अस्थायी रूपमा मुलुकका आप्रवासी रोक्ने घोषणा गरेका हुन् ।
ट्रम्पले एक ट्विट गर्दै कोरोना भाइरसको महामारीले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका लागि यस्तो निर्णय गरेको जानकारी दिए । यद्यपि, ट्रम्पले आप्रवासी रोक्नका लागि अमेरिकाले कति समयका लागि कस्तो कदम चाल्दै छ भन्नेबारे भने केही खुलाएका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस