काठमाडौं,दाङ - दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा  नेकपा (एमाले) विजयी भएको छ । 

प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का  हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । चौधरी  निवर्तमान नगरप्रमुख  हुन्।

उपप्रमुखमा एमालेकै हुमा डीसी ३० हजार ४०३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गरे । 

उन्नाइस वडामध्ये घोराहीमा वडा नं १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १८ मा एमाले, वडा नं १०, १३, १५, १६ र १९ मा काँग्रेस तथा वडा नं ९ मा माओवादी केन्द्र विजयी भयो । उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ (६७.७६ प्रतिशत) मत खसेको थियो ।