समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत
काठमाडौं - प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएको छ। निर्वाचन आयोगको अनुसार १ लाख ७१ हजार ३६३ मत गणना गर्दा एमालेले २७.३ प्रतिशत मत ल्याएको हो।
समानुपातिकको दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाएको छ। कांग्रेसले २६ प्रतिशत मत पाएको छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४५७ मत ल्याएको छ। माओवादीको मत ११.५८ प्रतिशत रहेको छ।
नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २४५ मत (११.१प्रतिशत) ल्याएर चौंथो स्थान कायम गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७९ हजार २७८ (५.८ प्रतिशत) मत पाएको छ।
जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ (४.१ प्रतिशत), जनमत पार्टीले ३ लाख ७६ हजार हजार १९९ (३.८ प्रतिशत) मत पाएका छन्।
नेकपा एकिकृत समाजवादी पार्टी पनि राष्ट्रिय दल बन्नतिर अग्रसर रहेको छ। प्रत्यक्षतर्फ १० सिट जितेको सो पार्टी समाुनपातिकतर्फ ३ प्रतिशत नजिक रहेको छ। सो पार्टीले हालसम्म २ लाख ९० हजार १९६ मत अर्थात् २.९ प्रतिशत मत पाएको छ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले १ लाख ४९ हजार ८३२ मत ल्याएको छ। समानुपातिकतर्फको मत गणना जारी रहेको छ। हालसम्म एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपाले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेका छैनन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस