पार्टीले बिदा गरे स्वीकार्छु : माधव नेपाल
खबर एक्सप्रेस
२०८२-०३-२७ ०८:२० मा प्रकाशित
Total Shares: 95
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे बिदा हुन तयार रहेको बताए ।
अध्यक्ष नेपालले आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस