पर्सामा कोरोनाबाट दुई जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-०६ ११:३० मा प्रकाशित
Total Shares: 361
काठमाडौं - पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिकाका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष रहेका छन् ।
शनिबार बिहान उपचारको क्रममा कोरोना अस्पताल गण्डक मृत्यु भएका बहुदरमाइका ६१ वर्षीय पुरुष मुटु, दम र उच्च रक्तचापका बिरामी थिए । उनी भदौ चार गते अस्पताल भर्ना भएका थिए ।
यस्तै, वीरगन्ज महानगरपालिकाका ५८ वर्षिय पुरुषको शुक्रबार राति मृत्यु भएको हो । उनमा खोकी र स्वासप्रस्वासको समस्या देखिएको थियो ।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साउन यतामा मात्रै ३१ जनाको मृत्यु भएको हो ।
फेसबुक पेज Like गर्नुहोस