अफ्गानिस्तानमा आत्मघाती कार बम विष्फोट, कम्तिमा १७ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-१६ ०१:४८ मा प्रकाशित
Total Shares: 266
एजेन्सी - अफ्गानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएका हुन् ।
मुस्लिमहरुको पर्व इदको लागि पुली आलम बजारमा किनमेलमा व्यस्त सर्वसाधारणकमाझ विष्फोट गराईदा २१ जना घाइते भएका छन् ।
तालिवान विद्रोहीले आजदेखि तीन दिनसम्म इदका लागि युद्धविराम घोषणा गरेकै दिन शक्तिशाली विष्फोट भएको हो ।
अमेरिकाको सक्रियतामा अफ्गान सरकारसँग शान्ति वार्ताको तयारीमा रहेको तािलवानले विष्फोटमा आफ्नो संलग्नता नरहेको बताईसकेको छ ।
अर्को आतंकवादी समुह इस्लामिक स्टेटले भने केही प्रतिक्रिया जनाएको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस