सिन्धुपाल्चोक पहिरोका घाइतेलाई काठमाडौं ल्याइयो
खबर एक्सप्रेस
२०७७-०३-२५ ०३:०३ मा प्रकाशित
Total Shares: 353
काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ स्थित जम्बुमा बुधबार राति भोटेकोसी नदीमा आएको बाढीमा परि घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
बाढीमा परि घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत र फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो । बाढीपहिरोले सडकमार्ग भत्किएपछि घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
लगातारको वर्षासँगै बुधबार राति भोटेकोसी नदीमा आएको बाढीका कारण बाह्रबिसेमा २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस