काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-२४ ०४:३७ मा प्रकाशित
Total Shares: 293
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका ३९४ जना, ललितपुरका ३४ जना र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र उपत्यकामा ३९६ जनामा संक्रमण देखिएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। ९१८ जना संक्रमण मुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस