हुम्लाको मतदान केन्द्रमा झडप, १७ राउन्ड हवाई फायर
खबर एक्सप्रेस
२०७९-०८-०४ ०१:४८ मा प्रकाशित
Total Shares: 264
काठमाडौं,हुम्ला - हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन् । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् ।
सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका सो मतदान केन्द्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस