काठमाडौं - सरकारले पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले पाउने ६५ लाख पुरस्कार रकममा कर छुट दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत पलेशाले पाउने पुरस्कार रकममा कर छुट दिइने जानकारी गराएका हुन् ।

‘पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनुभयो । नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई,’ ओलीले भनेका छन् ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् ।