५१ जिल्लामा लाग्यो निषेधाज्ञा, उपत्यकामा आजबाट झनै कडाइ
काठमाडौं - निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयले मंगलबार साँझ जारी गरेको सूचनाअनुसार हालसम्म ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी आंशिक निषेधाज्ञा लगाइएको छ ।
उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा मंगलबारबाट झनै कडाइसहित एक साता थप गरिएको छ । अब अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनसमेत पाइनेछैन । बिहान ७ बाट ९ बजेसम्म मात्रै किराना तथा खाद्य पसल खोल्न पाने छ । सोही समयभित्र डिपार्टमेन्टल स्टोर तथा ग्रोसरी पनि सञ्चालन गर्न छुट दिइएको छ । यसअघि जारी भएका सवारी पास पनि खारेज गरीएको छ ।
नेपालमा पछिल्लोसमय दोस्रो लहरको कारोना संक्रमणले भयावह स्थिती आएको छ । कोरोनाबाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जनामा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ । एक सातामा २२३ जनाको मृत्यु भैसकेको छ ।
सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस