नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो
काठमाडौं - नेपालमा थप २ जना कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ज्यान गुमाउनेमा दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष र बाजुरा बुढिगंगा–१ की २ वर्षीया बालिका रहेकी छन् ।
शनिबार राति दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । उनी भारतबाट फर्किएका थिए ।
यस्तै, बाजुराकी २ वर्षीया बालिकाको बाजुराको जिल्ला अस्पतालमा आइसोलेशनमै उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो । ८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस