विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट, दुई पक्राउ
काठमाडौं - विराटनगरस्थित विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।
सोमबार राति करिब ७ बजे आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपिट भएको हो ।
सोमबार राति बूढीगंगा गाउँपालिका-२ की गोमादेवी श्रेष्ठ अस्पतालमा भर्ना भएकी थिइन्। उनी सुगर प्रेसरकी बिरामी भएको प्रहरीले जनाएको छ ।
उनको उपचारमा स्वास्थ्यकर्मीहरूले हेलचक्र्याइँ गरेको भन्दै बिरामीका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन् । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न बूढीगङ्गा-२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरू बिरामीका नातीहरू हुन्।
पक्राउ परेकामाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस