भारतमा कोरोनाबाट झण्डै २ हजारको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-२७ ०७:३७ मा प्रकाशित
Total Shares: 295
काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै दुई हजार पुगेको छ ।
यहाँका सरकारी अधिकारीका अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएसँगै कुल संख्या एक हजार ९ सय ८५ पुगेको हो । यस्तै, तीन हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म ।
भारतमा हालसम्म कोरोनाबाट ६० हजार संक्रमित भएका छन् भने १७ हजार निको भएका छन् ।
भारत कोरोनाबाट सबैभन्दा प्रभावित दक्षिण एसियाली मुलुक हो ।
फेसबुक पेज Like गर्नुहोस