काठमाडौं - न्याय सेवा आयोगको बैठक आज बस्ने भएको छ। आयोगका सहसचिव मानबहादुर कार्कीका अनुसार बैठक आज बस्न लागेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्त गर्नका लागि बैठक बोलाएका हुन्। जिल्ला न्यायाधीशहरुको नियुक्तिका लागि लोक सेवा आयोगले परीक्षा लिएर न्याय सेवा आयोगलाई सिफारिस गर्ने व्यवस्था छ। 

प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन्।