पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने पक्राउ
खबर एक्सप्रेस
२०७७-०८-१५ ०४:५२ मा प्रकाशित
Total Shares: 558
काठमाडौं - पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख रुपैयाँ भन्दाबढी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि पैसा उठाउँदै ठग्दै गरेका रुपन्देहीको ओमसतिया गाउँपालिका–६ बस्ने वर्ष ३३ का शिवनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले नक्कली कागजात बनाएर दुई जनालाई पोर्चुगल पठाइदिने भन्दै १६ लाख २५ हजार २५० रुपैयाँ आफ्नो बैंक खातामा हाल्न लगाएका थिए।
अपराध महाशाखाको टोलीले चौधरीलाई आइतबार सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौँ परिसर पठाइएको महाशाखाले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस