एजेन्सी - ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा थप एक हजार ५८ जनाको संक्रमणबाट मृत्यु भएसँगै अहिले ज्यान गुमाउनेको संख्या ९९ हजार ७ सय २ पुगेको छ ।

शुक्रबार ब्राजिलमा ४९ हजार ५ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा कोरोनाबाट हालसम्म २९ लाख ६७ हजार बढी संक्रमित भएका छन् । जसमा २० लाख ६८ हजार उपचारपछि निको भएका छन् ।