काठमाडौं,एजेन्सी - दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत संवैधानिक अदालतले यस्तो फैसला गरेको हो । 

संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकब जुमालाई अदालतको अवहेलना गरेको विषयमा दोषी पाएको थियो ।   

ज्याकब जुमा राष्ट्रपति हुँदा भ्रष्टाचारको एक मुद्दामा उनलाई एक जाँच आयोग समक्ष उपस्थित हुनुपर्ने थियो । उहाँ संवैधानिक अदालतको आदेशपछि पनि जाँच आयोग समक्ष उपस्थित हुनु भएन । सन् २०१८ मा ज्याकम जुमाको कार्यकाल सकिएको थियो । 

पदमा रहँदा उहाँमाथि भ्रष्टाचारका कैयौँ आरोप लागेको थियो । केही कारोबारी घरानाका नेतासँग मिलेमतो गरेर निर्णय लिने प्रक्रिया प्रभावित गरेको आरोप पनि उहाँमाथि लागेको थियो । 

यद्यपि पूर्वराष्ट्रपति जुमा एक पटक जाँच आयोग समक्ष उपस्थित भएका थिए तर पछि उहाँलाई त्यहाँ उपस्थित हुनबाट अस्वीकार गरिएको थियो । पूर्वराष्ट्रपति जुमालाई पक्राउ गरिने या नगरिनेमा भने बताइसकिएको छैन । 

एक अन्य मुद्दामा ज्याकब जुमाले गएको महिना आफूलाई निर्दाेष बताउनुभएको थियो । ९० को दशकमा यस विषयमा उहाँमाथि पाँच अर्ब डलरको रक्षा खरिदमा भ्रष्टाचार गरेको आरोप छ ।