कुशलको उत्कृष्ट ब्याटिङमा नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य
काठमाडौं - नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ ।
बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको हो ।
कुशलले १२६ रनको उत्कृष्ट इनिङ खेले । ५४ बलको सामना गरेका उनले १४ चौका र आठ छक्का प्रहार गरे ।
आसिफ शेखले ६८ रनको इनिङ खेले । उनले २४ बलमा सात छक्का र पाँच चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ३१, सन्दीप जोराले १५ र लोकेश बमले १० रन जोडे ।
कुशलले पहिलो विकेटका निम्ति आसिफ शेखसँग १३४ र तेस्रो विकेटका लागि दीपेन्द्रसँग ५१ रनको साझेदारी गरेका थिए ।
मलेसियाका वीरनदीप सिंहले तीन विजय उन्नी र कप्तान सयद अजिजले दुईरदुई विकेट लिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस