काठमाडौं - फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा जोसे गयाले १४ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दा स्पेनको अग्रता दोब्बर बन्यो ।

४३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ६३ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई ४-० को जित दिलाए ।

समूह बी मा रहेको स्पेनले ५ खेलमा १० अंक जोडेर शिर्षस्थानमा रहेको छ । जर्जिया १ अंक जोडेर पुछारमा रहेको छ ।