काठमाडौं - फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् ।

बेन्जिमाले शुक्रबार  दुई वर्षको लागि क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् । अब ३३ वर्षीय बेन्जिमा सन् २०२३ को सिजनको अन्त्यसम्म रियलमा रहनेछन् । क्लब र बेन्जेमाबीच सम्झौता सकिन अझै एक सिजन बाँकी रहँदा नै सम्झौता नविकरण भएको हो । 

बेन्जिमा सन् २००९ मा फ्रान्सेली क्लब लियोनबाट ३६ मिलियन युरोमा रियलमा आबद्ध भएका थिए । बेन्जिमाले रियलका लागि ५६० खेलमा १ सय ९४ ला लिगासहित कुल २ सय ८१ गोल गरेका छन् । उनले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगासहित महत्वपूर्ण थुप्रै उपाधिहात पारेका छन् ।