काठमाडौं - भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभाको लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन्।

पछिल्लो मतपरिणम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता कायम राखेका छन्। थापाले हालसम्म ४ हजार ११३ मत ल्याएका छन्। नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८१ मत पाएका छन्।