काठमाडौं - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी सेल्फ आइसोलेसनमा गएका छन्। 

सोमबार आएको स्वास्थ्य परीक्षणको रिपोर्टमा प्रधानमन्त्री नेतन्याहु कोरोना संक्रमित भएको खुलेको थियो। अधिकारीहरुले ७० वर्षीय प्रधानमन्त्री नेतन्याहुलाई कोरोना भएको पुष्टि गरेका छन्। 

नेतन्याहुको मंगलबार अर्को चरणको स्वास्थ्य परीक्षण हुँदैछ। गत मार्च १५ गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको छ।

इजरालयको स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोना भाइरस संक्रमण देखिएका र आशंकितलाई १४ सेल्फ आइसोलेसनमा जानुपर्ने बाध्यकारी नियम बनाएको छ। प्रधानमन्त्री नेतन्याहुले पनि अबको १५ दिनसम्म सेल्फ आइसोलेसनमा बस्‍नु पर्ने भएको छ।