एजेन्सी - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ५ सय ४५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३५ हजार ३ सय ४१ जना पुगेको छ । यस्तै, २ हजार ४ सय संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म ।

बेलायतमा कोरोनाबाट अहिलेसम्म २ लाख ४८ हजार संक्रमित भएको त्यहाँका स्वास्थ्य अधिकारी बताउँछन् ।