धनगढी - कैलालीमा कोरोना भाइरसको संक्रमण देखिएकी वृद्धा वीरगन्जबाट ३५ जना सवार बसमा कैलाली आएको खुलेको छ ।

स्रोतका अनुसार उक्त वृद्धा लकडाउन भएपछि १७ गते वीरगन्जबाट ३५ जना सवार बसमा १८ गते कैलाली पुगेका थिइन् । १८ गतेबाट २९ गतेसम्म बसमा सवार सबैलाई क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरुलाई विभिन्न समूहमा क्वारेन्टाइनमा राखिएको थियो । त्यसमा पनि उक्त वृद्धासहित १७ जनालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखियो ।

केहिदिन अघि कैलालीमै गरेको स्वास्थ्य परिक्षण नेगेटिभ देखिएको थियो । तर थप प्रस्टताका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

वृद्धालाई कोरोना पोजेटिभ देखिएपछि उनीसँगै क्वारेन्टाइनमा बसेका १७ जनालाई फिर्ता बोलाइएको छ । वीरगन्जस्थित बसपार्कमा चिया पसल गर्दै आएकी वृद्धाको स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिकामा हो ।