नागरिक उन्मुक्ति पार्टीले दियाे सरकारलाई २४ घन्टे ‘अल्टिमेटम’
खबर एक्सप्रेस
२०७९-१०-१९ ०८:१४ मा प्रकाशित
Total Shares: 121
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई २४ घन्टे ‘अल्टिमेटम’ दिएकाे छ ।
नाउपाले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको हाे ।
सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गर्दै प्रेस विज्ञप्ति निकालेकाे हाे ।
पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै सांसद चौधरीलाई पक्राउ गरिएकाेप्रति भर्त्सना समेत गर्नु भएकाे छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस