काठमाडौं - वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।

यात्रुहरुको पीसीआर रिपोर्ट नक्कली हो की भन्ने शंका लागेपछि त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले उनीहरुलाई रोकेको हो । फर्काइएको यात्रु नेपाली, भारतीय र  पाकिस्तानी नागरिक हुन्। जसमा ७२ जना नेपाली रेका छन् भने ४९ जना भारतीय र १ जना नागरिक छन् ।

रोकिएका सबै सुरिया ल्याबमा कोभिड १९ परीक्षण गराउनेहरु हुन्, जहाँ प्रहरीले मंगलबार वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेपछि  छापा मारेको थियो । प्रयोगशालाका ८ कर्मचारीलाई पक्राउसमेत गरेको थियो। उनीहरुले प्रतिव्यक्ति रु नौ हजार लिई नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ।

त्यसपछि प्रहरीले विदेश जाने मानिसको रिपोर्टमा कडा निगरानी थालेको हो।